गृहपृष्ठ सुनको मूल्यले बनायो रेकर्ड, एकैदिन २९ सय वृद्धि
सुनको मूल्यले बनायो रेकर्ड, एकैदिन २९ सय वृद्धि
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्य तोलाको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलामा दुई हजार ९०० ले बढेर एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन शुक्रबार तोलाको एक लाख सात हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
गत माघ १९ गते छापावाल सुन तोलाको एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यो नै यसअघिको सर्वाधिक मूल्य थियो । आइतबार तेजाबी सुन तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : १२:०० बजे