global ime bank Long Banner Ad

गृहपृष्ठ रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ ।

रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन’ भनेकी छन् ।

प्रकाशित समय : ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु