गृहपृष्ठ राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको पहिलो औपचारिक भेटवार्ता
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको पहिलो औपचारिक भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग पहिलो औपचारिक भेटवार्ता गरेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भई कार्यभार सम्हालेपछि पौडेलसँग प्रधानमन्त्रीले पहिलो औपचारिक भेट गरेका हुन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।
राष्ट्रपतिको निजी सचिवालयका अनुसार नियमित भेटअन्तर्गत पहिलो औपचारिक भेटवार्ता भएको हो ।
आज सम्पन्न उपराष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्ड साँझ ७ बजे शीतलनिवास पुगेका थिए । भेटवार्ता करिव ४५ मिनेट चलेको थियो ।
प्रकाशित समय : ०७:४५ बजे



















