global ime bank Long Banner Ad

गृहपृष्ठ विद्युत् चुहावट झण्डै १२ प्रतिशतमा झर्‍यो

विद्युत् चुहावट झण्डै १२ प्रतिशतमा झर्‍यो

विद्युत् चुहावट झण्डै १२ प्रतिशतमा झर्‍यो

चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) मा नेपालको समग्र विद्युत् चुहावट १२.५९ प्रतिशतमा झरेको छ । उक्त अवधिमा वितरणतर्फ ७.९९ र प्रसारणतर्फ ४.६० प्रतिशत चुहावट भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा विद्युत् चुहावट १८.५२ प्रतिशत थियो ।

समग्रमा ५.९३ प्रतिशत चुहावट घटाउन सफल भएको नेपाल विद्युत् प्राधिकरणको दाबी छ ।

प्राधिकरणका अनुसार सात महिनामा ४ करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ । चालु आर्थिक वर्षको माघसम्ममा वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत् प्राप्त भएको थियो । त्यसमध्ये ५ अर्ब २७ करोड ४१ लाख युनिट बिक्री भएको हो । चुहावटको सबैभन्दा ठूलो हिस्सा वितरणतर्फ हुन्छ ।

प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशत र वितरणतर्फ ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो ।

मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायत अभियान देशैभर सञ्चालन गरिएको छ ।

मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायत अभियान देशैभर सञ्चालन गरिएको छ ।

प्राधिकरणका सात प्रादेशिक कार्यालय र दुई प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट रहेको मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको चुहावट माघसम्ममा ११.७८ प्रतिशतमा झरेको छ । कार्यालयमातहतका २३ वटा वितरण केन्द्रको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट १२.३० प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४०.९७ प्रतिशत विद्युत् चुहावट छ ।

प्रकाशित समय : १०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु