global ime bank Long Banner Ad

गृहपृष्ठ निर्णायक खेलमा यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै

निर्णायक खेलमा यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै

निर्णायक खेलमा यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम तथा निर्णायक खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बिहीबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले बिहीबार यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ । खेल सुरु हुनभन्दा पहिले मैदानमा दर्शकहरूको बाक्लो उपस्थिति भइसकेको छ ।

प्रकाशित समय : ०९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु