global ime bank Long Banner Ad

गृहपृष्ठ उपराष्ट्रपतिमा पनि राप्रपाले मत नहाल्ने

उपराष्ट्रपतिमा पनि राप्रपाले मत नहाल्ने

उपराष्ट्रपतिमा पनि राप्रपाले मत नहाल्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको राप्रपाले शुक्रबार हुने निर्वाचनमा पनि मत नहाल्ने निर्णय गरेको हो ।

निर्वाचनमा ४ जना उम्मेदवार रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले जनता समाजवादीका उम्मेदवार रामसहायप्रसाद यादवलाई सघाउने बताइसकेका छन् ।

एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीकी उम्मेदवार ममता झालाई लोसपा र नागरिक उन्मुक्तिले सघाउने निर्णय गरेका छन् । जसपाकी प्रमिलाकुमारी यादव पनि उम्मेदवार रहेकी छन् ।

प्रकाशित समय : ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु