global ime bank Long Banner Ad

गृहपृष्ठ यूएईविरुद्ध नेपालकाे कीर्तिमानी जित, जोगियो एकदिवसीय मान्यता

यूएईविरुद्ध नेपालकाे कीर्तिमानी जित, जोगियो एकदिवसीय मान्यता

यूएईविरुद्ध नेपालकाे कीर्तिमानी जित, जोगियो एकदिवसीय मान्यता

नेपालले आउँदो चार वर्षका लागि एकदिवसीय मान्यता कायम राखेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम त्रिदेशीय श्रृंखलाअन्तर्गत आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध कीर्तिमानी जित निकालेपछि नेपालकाे एकदिवसीय मान्यता जाेगिएकाे हाे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गर्‍यो । यूएई विरुद्धको जित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै फराकिलो जित हो । नेपालले यसअघि सन् २०२१ मा पपुवा न्युगिनी (पीएनजी)लाई १५१ रनले हराएको थियो ।

आइतबार नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरमा ७१ रनमै समेटियो । त्यसअघि, कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ सबै विकेट गुमाएर २४८ रन बनाएको थियो ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु