nmb bank

गृहपृष्ठ ‘फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ’

‘फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ’

‘फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ’

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने बताएका छन् । साेही माेर्चाको जगमा कम्युनिस्ट एकताको पहल गरिने उनकाे भनाइ छ ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताए । उनले भने, ‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन् । शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ ।’

समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने उनले बताए । त्यसको पहल पनि माओवादीहरूले नै लिनुपर्ने उनले बताए । ‘एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ । हिजोको नेकपा फेरि पुनःस्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ ।’

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु