गृहपृष्ठ प्रचण्डविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा
प्रचण्डविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइका लागि तोकिएको थियो । तर, उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो । यो मुद्दामा अब शुक्रबार सुनुवाइ हुनेछ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण सहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए । प्रचण्डले काठमाडौंमा केही समयअघि भएको एक कार्यक्रममा सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि उनीविरुद्ध मुद्दा दायर भएको हो ।
सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरेको यो मुद्दा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दर्ता गर्न आदेश दिएको थियो ।
प्रकाशित समय : १५:४६ बजे



















