गृहपृष्ठ वित्तीय संस्थाविरुद्ध हुने गतिविधिमा निगरानी राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको पत्र

वित्तीय संस्थाविरुद्ध हुने गतिविधिमा निगरानी राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको पत्र

वित्तीय संस्थाविरुद्ध हुने गतिविधिमा निगरानी राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको पत्र

सरकारले देशभरका बैंक, लघुवित्त र सहकारी संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय मातहतका सुरक्षा निकायहरुलाई परिपत्र गरेको छ ।

बैंकिङ कसुर, ठगी, खराब ऋणमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो उल्टै वित्तीय संस्थालाई नै धम्क्याएका घटना बाहिरिएपछि गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर आपराधिक गतिविधि हुनसक्नेप्रति सावधान रहन र कसैले कानुन हातमा लिएका कडाइका साथ कारबाही गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिइएको बताए ।

प्रवक्ता बस्नेतले शुक्रबार साँझ सबै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई यससम्बन्धी विषय समेटेर परिपत्र गरिएको बताए ।

केही साताअघि व्यवसायी दुर्गा प्रसाईंले झापामा आयोजित सार्वजनिक कार्यक्रममै बैंकरवित्तीय संस्थाका सञ्चालक कर्मचारीलाई कालोमोसो दल्न भन्दै ऋणीलाई उक्साएका थिए । उनको विवादास्पद र आपत्तिजनक अभिव्यक्तिपछि कानुन हातमा लिनसक्ने व्यक्ति तथा समूहमाथि प्रहरीले पनि निगरानी थालेको छ ।

प्रकाशित समय : ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु