गृहपृष्ठ एकीकृत समाजवादीले राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने
एकीकृत समाजवादीले राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने
नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले पौडेललाई मतदान गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, ‘आठ दलका राष्ट्रपति पदका साझा उमेदवार रामचन्द्र पौडेललाई मतदान गर्छ भन्ने निर्णय गर्यौं ।’
उनले सरकारमा जाने विषयमा पार्टी सकारात्मक भएको पनि बताए ।
प्रकाशित समय : १७:५१ बजे


















