गृहपृष्ठ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकाे छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य साताको पहिलो कारोबार दिन अर्थात् आज प्रतितोला चार सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि १५ रूपैयाले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित समय : १२:३१ बजे


















