global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने भएको जनाएको छ ।

बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने जनाएको छ । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।

चितवन– २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुनेछ।

प्रकाशित समय : १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु