global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मकवानपुर गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

मकवानपुर गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

मकवानपुर गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

मकवानपुरमा सम्पन्न पाँचौ संस्करणको ‘सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता-२०७९’ मकवानपुर गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ ।

उपाधिसँगै मनाङले नगद १५ लाख प्राप्त गरेको छ भने उपविजेता हिमालयन शेर्पा क्लबले नगद १० लाखसहित शिल्ड प्राप्त गरेको छ । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले बुलेट बाइक प्राप्त गरेका छन् ।

बुधबार सम्पन्न फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा मनाङका लागि रोशन रानामगरले खेलको ७७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्स हिमालयन शेर्पाका अमृत श्रेष्ठ, उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका विदेशी खेलाडी युमि, उत्कृष्ट मिडफिल्डर मनाङका कमल थापा र उत्कृष्ट गोलकिपर मनाङका दीप कार्की र उत्कृष्ट प्रशिक्षक मनाङका किरण श्रेष्ठ घोषित भए ।

उत्कृष्ट विधाका सबैले नगद २५-२५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित समय : २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु