गृहपृष्ठ ‘महिन्द्रा केयर फेस्ट २०२३’ आयोजना हुँदै
‘महिन्द्रा केयर फेस्ट २०२३’ आयोजना हुँदै
महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले यही फागुन १४ देखि १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ ।
यस ४५-पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १०% छुट र स्पेयर पार्टसमा ५०% सम्म छुट तथा एक्सेसरिजमा २५% सम्म छुटको लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकले देशभर रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने कम्पनीको अपेक्षा छ ।
यसका साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ्र । महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो सेवा काठमाडौं, भैरहवा र इटहरीमा, उपलब्ध छ ।
प्रकाशित समय : १५:५० बजे



















