गृहपृष्ठ बालुवाटारमा चिनियाँ राजदूत
बालुवाटारमा चिनियाँ राजदूत
चिनियाँ राजदूत छन् सङ बुधबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
नेपालमा राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न समीकरण र नामहरू बाहिर आइरहेको बेलामा नेपालका लागि चिनियाँ राजदूतले आफ्नो दौडलाई बढाएका हुन् ।
नेपाल आएपछि राजदूत छन्को प्रधानमन्त्री दाहालसँग यो दोस्रो भेटवार्ता हो । यसअघि उनीहरूबीच माघ २ मा बालुवाटारमै पहिलो भेटवार्ता भएको थियो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भेटवार्ताबारे जानकारी दिँदै राजदूत छन् बोआओ फोरमको निम्तो दिन बालुवाटार आएको बताए । चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुँदै छ । परराष्ट्र स्रोतका अनुसार उक्त निम्तो दाहाललाई यसअघि नै निम्तो आइसकेको हो र उक्त फोरममा जाने वा नजाने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्न बाँकी नै छ ।
राजदूत दाहालले यसअघि शुक्रबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । त्यसबेला प्रधानमन्त्री दाहालले ओलीलाई भेटेर निस्केलगत्तै चिनियाँ राजदूत छन् ओली निवासमा दूतावासका आफ्ना दुई अधिकारीहरूसहित पुगेका थिए ।
राष्ट्रपति निर्वाचनको सम्बन्धमा भारतपछि चीनले पनि आफ्नो सक्रियता देखाएको हो । भारतका विदेश सचिव विनयमोहन क्वात्राले फागुनको १ र २ मा भएको दुईदिने औपचारिक भ्रमणका दौरानमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालसहित एक दर्जनभन्दा बढी नेताहरुसँग भेटवार्ता गरेका थिए । क्वात्राले प्रधानमन्त्री दाहालँग फागुन १ गत राती करिब दुई घण्टा ‘वान टु वान’ गोप्य वार्ता गरेर फर्केका थिए ।
उक्त भ्रमण भएको तीन दिनपछि सत्ता गठबन्धनको मुख्य साझेदार एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न राजदूत छन् पुगेका थिए । आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न आएपछि चिनियाँ राजदूत छन्ले प्रधानमन्त्री दाहालभन्दा अघि ओलीलाई मात्र दुईपटक भेटेका हुन् । यस अघि राजदूत छन् र ओलीबीच बालकोटमै माघ ४ मा भएको थियो ।
योसँगै चीनले पनि नेपालको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनमा चासो दिएको संकेत गरेको छ ।
प्रकाशित समय : १०:५० बजे



















