global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने महासचिव डा. बेदुराम भुसालले बताए ।

उनका अनुसार, पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्यसूची छ । राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने पनि भुसालले बताए ।

अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ । एमालेको प्रस्तावलाई चासोका साथ हेरिएको छ । तर एकीकृत समाजवादीले कुनै निर्णय लिएको छैन ।

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु