global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण दोहाबाट

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण दोहाबाट

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण दोहाबाट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा छन् ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।

अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख (फागुन २१ देखि २५ गते)सम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

‘अहिलेसम्म दोहा जाने नै भन्ने छ, तर राष्ट्रपतिको निर्वाचन नजिक भएकाले परिस्थिति कस्तो बन्छ, त्यसमा डिपेन्ड गर्छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले भने ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते छ । प्रधानमन्त्री प्रचण्ड १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारीमा रहेको स्रोतले बतायो । गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु