global ime bank Long Banner Ad

गृहपृष्ठ आज प्रतिनिधि सभाको बैठक, सम्भावित कार्यसूचीमा सम्पत्ति शुद्धीकरण

आज प्रतिनिधि सभाको बैठक, सम्भावित कार्यसूचीमा सम्पत्ति शुद्धीकरण

आज प्रतिनिधि सभाको बैठक, सम्भावित कार्यसूचीमा सम्पत्ति शुद्धीकरण

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिवेदन गर्ने छन् ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु