global ime bank Long Banner Ad

गृहपृष्ठ चुम्लुङको २५ बुँदे प्रस्ताव : प्रदेश १ लाई पहिचानजनित नामकरण गर्न माग

चुम्लुङको २५ बुँदे प्रस्ताव : प्रदेश १ लाई पहिचानजनित नामकरण गर्न माग

चुम्लुङको २५ बुँदे प्रस्ताव : प्रदेश १ लाई पहिचानजनित नामकरण गर्न माग

किरात याक्थुङ चुम्लुङको ‘२४औं राष्ट्रिय चुम्लुङ बैठक’ चितवनको भरतपुरमा सम्पन्न भएको छ । बैठकले संस्थाको संगठन तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन एवं समसामयिक विषयका २५ बुँदे प्रस्ताव पारित गरेको छ ।

फागुन ७ र ८ गते आयोजना भएको चुम्लुङमा विभिन्न जिल्ला कार्य समिति, लिम्बुवान प्रदेश समिति, नेवाः ताम्सालिङ प्रदेश समिति, विषयगत संगठनहरू, थरगत तथा लिम्बुजन्य संस्थाहरू र विदेशस्थित किरात याक्थुङ चुम्लुङहरूबाट प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो । चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा सम्पन्न भएको बैठकको उद्घाटन प्रदेश नं. १ का पूर्व प्रदेश प्रमुख प्राडा गोबिन्द बहादुर तुम्बाहाङले गरेका थिए ।

बैठकले ऐतिहासिक पृष्ठभूमिको आधारमा अरूण-कोसीपूर्व मेचीसम्मको भू-भाग लिम्बुवान नामांकन हुनुपर्ने पूर्व अडान तथा निर्णय कायम राख्दै वर्तमान प्रदेश नं. १ को वस्तुस्थितिअनुसार पहिचानजनित ‘लिम्बुवान, किरात’ नाम तत्काल राख्न माग गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै बागमती प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ पुनर्स्थापना गरिनुपर्ने पनि चुम्लुङकाे माग छ ।

आदिवासी लिम्बु/याक्थुङहरूको पुर्ख्याैली भूमिमा अवस्थित मुन्धुमी, सांस्कृतिक तथा आध्यात्मिक पवित्र स्थलहरुमाथि अतिक्रमण भएको, पूर्व सूचना र स्वीकृतिबिना ती स्थानहरुको नाम परिवर्तन गरिएकोप्रति चुम्लुङले आपत्ति प्रकट गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा याक्थुङहरूको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक स्थलका रूपमा रहेका समाधिस्थल, माङ्गेन्नायक, माङ्युक्ना, ऐतिहासिक स्थल, पवित्र स्थलहरूमाथि राज्य र गैह्रराज्यबाट भइरहेका अतिक्रमणलाई तुरुन्त रोक्न र संरक्षण गर्न यो राष्ट्रिय चुम्लुङ माग गर्दछ ।’

देशका विभिन्न स्थानमा आदिवासी/जनजाति तथा स्थानीय समुदाय र धार्मिक सम्प्रदायप्रति अन्याय भएको उल्लेख गर्दै सो विषय पनि बैठकले उठाएको छ । ‘भारतीय हिन्दू सन्त मोरारी बापुले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रामकथा वाचन कार्यक्रम गरी बौद्ध धर्ममा गरेको धार्मिक हस्तक्षेत्रप्रति यो राष्ट्रिय चुम्लुङ विरोध गर्दछ,’ महासचिव निरन्ती तुम्बापाेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शंखारापुर नगरपालिकाको बोझेनीमा तामाङ आदिवासीलाई उठिबास गरेर विद्युत सबस्टेसन निर्माण गर्न लागिएको विरुद्धमा तामाङ आदिवासीहरूले गरिरहेका आन्दोलनप्रति एक्यबद्धता जनाउँदै विकासका नाममा आदिवासी तामाङलाई आफ्नो भूमिबाट विस्थापित गर्ने कार्य नगर्न यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।’

टीकापुर घटनाको आरोपमा जेलजीवन बिताइरहेका रेशम चौधरीलाई रिहाइ गर्न पनि चुम्लुङले सरकारसँग माग गरेको छ ।

विज्ञप्ति :

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु