global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पूर्वराजाद्वारा राजनीतिक दललाई सहकार्यको प्रस्ताव

पूर्वराजाद्वारा राजनीतिक दललाई सहकार्यको प्रस्ताव

पूर्वराजाद्वारा राजनीतिक दललाई सहकार्यको प्रस्ताव

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जोखिममा परेको दाबी गर्दै राजनीतिक दलसँग सहकार्यको प्रस्ताव गरेका छन् । उनले राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले समृद्धिमा योगदान दिन नसकेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।

‘देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा–चिरा पर्न थालेको छ,’ उनले प्रजातन्त्र दिवसको शुभकामना दिने क्रममा भनेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन ।’

पूर्वराजा शाहले राजनीतिक दलका नेताहरु परिवारवादमा फसेको समेत आरोप लगाएका छन् । ुदेश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेका छन्,’ उनले भने, ‘तिनका धेरै कार्यकर्ताहरुमा राजनीतिक छत्रछायाँ नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ । प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरुको आन्तरिक सुधार एवं विकल्पको गुन्जायस नदेखेको आभाष समाजमा उजागर भएको छ ।’

पूर्वराजा शाहले प्रतिकूल परिस्थितिमा पनि आफूहरुले संयमता नगुमाएको र देश नछाडेको भन्दै अब मौन नबस्ने बताएका छन् । ‘नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरुमा पनि हामीले सम्यमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अघोगतिप्रति अब हामी मौन रहन सक्दैनौं,’ उनको सन्देशमा लेखिएको छ ।

शुभकामना सन्देश :

प्रकाशित समय : ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु