गृहपृष्ठ नेपालले नामिबियासँगको दोस्रो खेलमा टस जितेर फिल्डिङ गर्दै
नेपालले नामिबियासँगको दोस्रो खेलमा टस जितेर फिल्डिङ गर्दै
आईसीसी लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपालले कुनै पनि खेलाडी परिवर्तन नगरी खेल सुरु गरेको हो ।
यो सिरिजमा नेपालको नामिबियासँग दोस्रो खेल हो । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।
प्रकाशित समय : ०९:२३ बजे


















