गृहपृष्ठ भोलि गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक

भोलि गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक

भोलि गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक

महाशिवरात्रिको दिन भोलि गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पुरानो बानेश्वर, रातोपुल, कालोपुल, मित्रपार्क, चाबहिल गौरीघाट, तिलगंगा र सिनामंगल क्षेत्रबाट पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छ ।

सवारी साधन पार्किङका लागि ६ ठाउँ तोकिएको छ । सिफलचौर, गुहेश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तीलगंगा आँखा अस्पताल अगाडि र बनकानी क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु