global ime bank Long Banner Ad

गृहपृष्ठ विस्फोटमा घाइते भएकी भण्डारीकी आमा हरिकलाको निधन

विस्फोटमा घाइते भएकी भण्डारीकी आमा हरिकलाको निधन

विस्फोटमा घाइते भएकी भण्डारीकी आमा हरिकलाको निधन

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधवार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकी हरिकलाको बिहीबार बिहान १०ः ५८ मा निधन भएको कीर्तिपुर अस्पतालका डा. निजिमा ताम्राकारले बताइन् ।

बुधवार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु