global ime bank Long Banner Ad

गृहपृष्ठ मौसमी प्रणालीको प्रभाव न्यून हुँदै, पानी पर्ने सम्भावना पनि छैन

मौसमी प्रणालीको प्रभाव न्यून हुँदै, पानी पर्ने सम्भावना पनि छैन

मौसमी प्रणालीको प्रभाव न्यून हुँदै, पानी पर्ने सम्भावना पनि छैन

नेपालमा आज पनि कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव देखिएको छैन । जसले गर्दा मौसममा सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून देखिएको छ ।

हाल प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भए पनि देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भाग सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने शुक्रबार देशका केही पहाडी भू–भागहरूमा आँशिक बदली रहने छ ।

प्रकाशित समय : ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु