global ime bank Long Banner Ad

गृहपृष्ठ फेरि घट्यो तरलता, अन्तर बैंक ब्याजदर साढे ८ प्रतिशत पुग्यो

फेरि घट्यो तरलता, अन्तर बैंक ब्याजदर साढे ८ प्रतिशत पुग्यो

फेरि घट्यो तरलता, अन्तर बैंक ब्याजदर साढे ८ प्रतिशत पुग्यो

पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा एक्कासी तरलतामा कमी आएको छ । यसअघि रिपोमार्फत बजारमा पठाएको ५० अर्ब रुपैयाँ राष्ट्र बैंकमा फर्केपछि तरलतामा कमी आएको हो ।

केही दिनयता बढ्दो क्रममा रहेको अन्तरबैंक ब्याजदर सोमबारसम्म साढे ८ प्रतिशत पुगेको छ । गत साता यस्तो ब्याजदर ४ प्रतिशत हाराहारीमा थियो ।

अन्तरबैंक ब्याजदरमा देखिएको वृद्धिले वित्तीय प्रणालीमा तरलतामा कमीको संकेत गरेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘कर्जा निक्षेप अनुपात औसत ८६ प्रतिशतमा रहेकाले बैंकहरुको लगानीयोग्य क्षमतामा समस्या छैन,’ उनले भने, ‘तर अन्तरबैंक ब्याजदर साढे ८ प्रतिशत पुगिसकेको छ । यसले तरलतामा कमीको संकेत गर्छ ।’

रिपोमार्फत् बजारमा पठाइएको पैसा फिर्ता भएपछि तरलताको अवस्था कसिलो बनेकाले पुनः बजारमा पैसा पठाउनेबारे राष्ट्र बैंकमा छलफल सुरु भएको स्रोतले बताएको छ ।

प्रकाशित समय : ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु