गृहपृष्ठ नामिबियाविरुद्ध नेपाल २ विकेटले विजयी
नामिबियाविरुद्ध नेपाल २ विकेटले विजयी
आइसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले नामिबियाविरुद्ध जित निकालेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले १४ बल बाँकी रहँदै ४७.४ ओभरमा ८ विकेट गुमाएर जित निकालेको हो । जितका लागि नेपालले २८६ रनको लक्ष्य पाएको थियो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरे । भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय रनको शतकीय इनिङ खेले । योसँगै भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने चौथो खेलाडी बने ।
यसअघि, नेपाली टिमबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिए ।
नेपालकाे जितका लागि कप्तान रोहित पौडेलले ७६ बलमा ७२ रन बनाए । रोहितले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । सन्दीप जोराले २४ बलमा २८ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा २५ बनाए । करण केसीले १२ बलमा २० रनमा बनाए । सन्दीप लामिछाने गोल्डेन डग आउट भए ।
रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३/३ विकेट लिए ।
प्रकाशित समय : १७:१० बजे



















