गृहपृष्ठ महालक्ष्मी लाइफ इन्स्योरेन्स पाचौँ वर्षमा प्रवेश
महालक्ष्मी लाइफ इन्स्योरेन्स पाचौँ वर्षमा प्रवेश
महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार सञ्चालनको चार वर्ष पुरा गरेको छ ।
नेपालको जीवन बीमा बजारमा देखा परेको अनेकौँ समस्या र कठिनाइका बीच बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा गुणस्तरीय व्यवसाय सँगै विस्वासनियता वृद्धिलाई प्राथमिकतामा राख्न पहल गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा यो वर्ष प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाइफ र महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ जस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी सबै कार्यक्रम सञ्चालन गरेको कारण कारोबारमा निरन्तर वृद्धि सँगै कम्पनीको राम्रो ब्रान्ड स्थापित गर्न सफल भइएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैको फलस्वरूप कम्पनीले गत आव २०७८/७९ को पौष मसान्तको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को पौष मसान्त सम्ममा चुक्ता पुँजीमा ५० प्रतिशत, जगेडा कोषमा ६० दशमलव ७ प्रतिशत, जीवन बीमा कोषमा ५६ दशमलव ४ प्रतिशत, महाविपत्ति कोषमा ४४ दशमलव ५ प्रतिशत, कर्जा लगानीमा २९ दशमलव ५ प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र मुनाफामा ३५ दशमलव ४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
यससँगै प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरको लागि बढिएको पनि कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १३:०२ बजे


















