गृहपृष्ठ सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन्
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन्
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत पनि लिन सकेनन् । विश्वासको मत लिने उनकाे प्रस्ताव प्रदेश सभाको बहुमतबाट अस्वीकृत भएकाे छ ।
निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् । सभामा रहेको बहुमतले उनको प्रस्ताव अस्वीकृत गरेपछि प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लगि स्थगित भएको छ । विश्वासको मत लिन नसकेपछि उनी स्वतः पदमुक्त हुनेछन् भने संसद्को ठूलो दलको नेताको नेतृत्वमा नयाँ सरकार बन्नेछ ।
सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रकाशित समय : १७:३९ बजे




















