global ime bank Long Banner Ad

गृहपृष्ठ १२.४३ अंकले बढ्यो नेप्से

१२.४३ अंकले बढ्यो नेप्से

१२.४३ अंकले बढ्यो नेप्से

बिहीबार सेयर बजार मापक नेप्से सामान्य अंकले बढेकाे छ । आज नेप्से १२.४३ अंकले बढेर २१८२.६१ विन्दुमा पुगेको छ ।

आज ५६ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । बुधबार तीन अर्ब ६९ करोड १९ लाख रुपैयाँको कारोबार भएको थियाे ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.१६ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेकाे छ । यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.४६ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत समूहको परिसूचक १.०१ प्रतिशतले बढेको हो ।

आज सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको ५ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको हाे । यस्तै, आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीको सेयरधनीले कमाएका छन् भने नबिल ब्यालेन्स्ड फण्ड-३ का सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु