global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती योजना

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती योजना

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती योजना

ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको हो ।

यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढी टेवा पुग्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार दुई लाख रुपैयाँ न्युनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । यो खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा रु. ५० हजारभन्दा माथिको रकम आवश्यकताअनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको छ ।

यस खातासँगै बैंकले निक्षपकर्ताहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बिमा र १ लाख रुपैयाँसम्मको औषधोपचार बिमा उपलब्ध गराइदिनेछ । यसका साथै यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छुट (पहिलो वर्ष) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष) उपलब्ध गराइने छ ।

यसका साथै बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने छ । यसै योजनाअन्तर्गत निश्चित अवधिको मुद्दती खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुटसमेत पाउने बैंकले जनाएकाे छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले समय-समयमा यस्ता योजनाहरु ल्याएर बचतकर्ताहरुलाई लाभान्वित गर्दै आएको छ ।

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु