nmb bank

गृहपृष्ठ भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको ‘टीभीएस लभ एक्सप्रेस’ अफर

भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको ‘टीभीएस लभ एक्सप्रेस’ अफर

भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको ‘टीभीएस लभ एक्सप्रेस’ अफर

टीभीएस सस्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरुमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ ।

यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । यस योजनाअन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजार रुपैयाँसम्मको स्योरशट नगद छुट पाउनेछन् । जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

टीभीएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सीसीको स्कुटर हो, जसमा भएको बीएस ६ र आरटी-एफआइ इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बीएचपीभन्दा बढीको पावर जेनेरेट गर्छ । यो स्कुटरमा एक्सपी अर्थात् एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेभन्दा अझै पावरफुल भएको अनुभव हुन्छ । यसमा भएको राइड मोड (स्ट्रिट/रेस) चेन्ज अप्सनले गर्दा आफूलाई चाहे अनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ ।

यसका साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफूले चाहे जसरी कन्ट्रोल गर्न पनि सकिन्छ । यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने गर्छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले जम्मा ३ हजार ९९९ (प्रतिदिन १३३ रुपैयाँ), २५% डाउन पेमेन्ट गरेर ११।९९% ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना माघ २४ देखि फागुन १६ गतेसम्म लागू हुनेछ । https://tvsnepal.com/offer/valentines-day मा विस्तृत जानकारी पाइने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु