global ime bank Long Banner Ad

गृहपृष्ठ अग्नि ग्रुपको इलेक्ट्रिक थ्री-ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

अग्नि ग्रुपको इलेक्ट्रिक थ्री-ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

अग्नि ग्रुपको इलेक्ट्रिक थ्री-ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)ले ट्रियो नामक लिथियम-आइओन सञ्चालित इलेक्ट्रिक थ्री-ह्विलर ट्रियो इलेक्ट्रिक अटो र यारी नयाँ बिक्री केन्द्रबाट सार्वजनिक गरेको छ ।

दमक, भैरहवा र नेपालगंजमा पनि सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा तीन नयाँ बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्र जस्तै विर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका महिन्द्रा सोरुमहरुमा “नगद छुट र एक्सचेन्ज” मेलाको घोषणासमेत गरेको छ ।

देशका विभिन्न क्षेत्रका १२ वटा महिन्द्रा बिक्री केन्द्रमा एकैसाथ एक कार्यक्रम आयोजना गरी यस “नगद छुट मेला र अटो सटही योजना” ल्याएको हो । जसमा नयाँ इलेक्ट्रिक थ्री-ह्विलर अटो “ट्रिया र यारी” खरिद गरेवापत ४० हजार सम्मको नगद छुट दिने योजना ल्याएको छ । यो योजना २०२३ को फेब्रुअरी महिनाभरीका लागि लागू हुने जनाइएकाे छ ।

यो योजनाले ग्राहकहरूलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री-ह्विलर अटो “ट्रियो” र “यारी” को प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने प्रयास हो । यस मेलाबाट पुराना तथा नयाँ ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने अपेक्षा कम्पनीले राखेको छ ।

महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत पेट्रोल सवारी साधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्ने कम्पनीकाे विश्वास छ । ट्रियो अटोमा तीन वर्ष वा ८० हजार किलोमिटर वारेन्टी छ । यस्तै, ट्रियो यारीमा तीन वर्ष वा ४० हजार किमी वारेन्टी छ ।

ट्रियो अटो ३ घण्टा ५० मिनेट चार्जिङ समय, १३० कि.मि. गुड्ने छ भने ट्रियो यारीमा २ घण्टा ३० मिनेट चार्जिङ समय ८५ कि.मि. गुड्ने छ ।

प्रकाशित समय : १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु