nmb bank

गृहपृष्ठ एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाइ’ सेवा

एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाइ’ सेवा

एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाइ’ सेवा

एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ लन्च गरेको छ । यो नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्नेछ ।

यस सुविधाको साथ ग्राहकहरूले आफ्नो खरिदहरू बराबर न्यूनतम ब्याजदरमा मासिक किस्तामा भुक्तानी गर्न छनौट गर्न सक्नेछन् । इन्स्टा बाइमार्फत अस्पतालको बिल, होटलको बिल, रेस्टुरेन्टको बिल र यस्तै अन्य सेवाको भुक्तानी पनि EMI मा रूपान्तरण गर्न सकिने बैंकले जनाएको छ । यो सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प हो ।

यो सुविधा प्रयोग गर्न, ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लगइन गरी, प्रडक्ट एण्ड सर्भिसेसमा क्लिक गरी वैकल्पिक डेलिभरी च्यानलअन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्यासहित विवरणहरू भर्नुपर्ने हुन्छ । यो नयाँ फिचरले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थपिने विश्वास बैंकले लिएको छ ।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर’ एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु