global ime bank Long Banner Ad

गृहपृष्ठ लोकसेवा आयोगले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

लोकसेवा आयोगले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

लोकसेवा आयोगले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

लोकसेवा आयोगले माघ २८ गते सञ्चालन हुने गरी तोकेको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन गरेको छ ।

लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो।

आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो।

प्रकाशित समय : ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु