global ime bank Long Banner Ad

गृहपृष्ठ त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् ।

चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय त्रिवि कार्यकारी परिषदले गरिसकेको छ । यसअनुसार स्ववियु निर्वाचन लगत्तै परीक्षाहरु सुरु हुनेछन् ।

यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । तर विद्यार्थीहरुले स्ववियु निर्वाचन लगत्तै परीक्षा सन्चालन गर्नुको सट्टा केही दिन पछि सारिदिन आग्रह गरेका थिए । त्यसपछि पूर्व निर्धारित मितिभन्दा मिति दुई दिन पछि सारेर त्रिविले परीक्षा तालिका सार्वजनिक गरेको छ । संशोधित तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन हुनेछन् ।

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरमा २/२ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । यद्यपि यस वर्ष चैत ५ गते स्ववियु निर्वाचन हुनेछ ।

२०६५ चैतयता नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ चैतमा २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

प्रकाशित समय : ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु