गृहपृष्ठ मौसममा आंशिकदेखि सामान्य बदली, थोरै ठाउँमा हिमपातको सम्भावना
मौसममा आंशिकदेखि सामान्य बदली, थोरै ठाउँमा हिमपातको सम्भावना
आज पनि देशका केही भू–भागमा आंशिक बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसममा बदली भएको हो ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश नं. १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित समय : ०८:२७ बजे



















