global ime bank Long Banner Ad

गृहपृष्ठ रासायनिक मल किन्न १५ अर्ब स्रोतको जोहो

रासायनिक मल किन्न १५ अर्ब स्रोतको जोहो

रासायनिक मल किन्न १५ अर्ब स्रोतको जोहो

सरकारले आगामी वर्षका लागि रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न १५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि करिब ३ लाख मेट्रिकटन रासायनिक मल खरिदका लागि सरकारले बजेट सुनिश्चित गरेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

समयमै मल खरिदका लागि प्रक्रिया सुरु गर्न माग गरिएको रकमको स्रोत सुनिश्चितता भएको उनले बताए । ‘मलको टेन्डरका लागि समयमै काम गर्न १५ अर्ब रुपैयाँ माग गरिएको थियो,’ प्रवक्ता सञ्जेलले भने, ‘अर्थ मन्त्रालयले सहमति दिएको छ ।’ उक्त रकमको मल खारिदका लागि अब मन्त्रालय मातहतका निकायले प्रक्रिया थाल्ने उनले बताए । यो रकम आगामी बजेट मार्फत सरकारले मल खरिदका लागि विनियोजन गर्नेछ ।

यस्तै आगामी असारका लागि आवश्यक पर्ने रासायनिक मलका लागि थप ७ अर्ब ७३ करोड बराबरको रकम आवश्यक भएको पनि मन्त्रालयले जनाएको छ । हाल आयात प्रक्रियामा रहेको मलले नपुग्ने भएपछि थप रकमको आवश्यकता भएको र त्यसका लागि मन्त्रालयको आन्तरिक स्रोत र अर्थबाट रकम माग भएको मन्त्रायले जनाएको छ ।

सो रकमको स्रोतबारे अर्थबाट निर्णय हुनै बाँकी रहेको र मन्त्रालयले भने आन्तरिक स्रोत संकलन गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु