गृहपृष्ठ कांग्रेसले बोलायो विपक्षी दलको बैठक, राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्ष एजेन्डा
कांग्रेसले बोलायो विपक्षी दलको बैठक, राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्ष एजेन्डा
संसद्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठक अहिले बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे छलफल हुने उनले जानकारी दिएका छन् ।
राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदैछ ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भने यही माघ २३ गते हुँदैछ। राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।
राष्ट्रियसभाको अध्यक्षमा भने नेकपा एमालेका सांसद देवराज घिमिरे चयन भइसकेका छन् ।
प्रकाशित समय : ०९:१५ बजे


















