global ime bank Long Banner Ad

गृहपृष्ठ अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नियुक्त

अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नियुक्त

अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नियुक्त

अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारत विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले थापालाई नियुक्ती पत्र प्रदान गरे ।

गंगा गुरुङ सहायक प्रशिक्षक र सुरजकुमार लामा गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । बृन्दा देवान टिम म्यानेजर नियुक्त भएकी छन् । नेपालले फेब्रुअरी १३ देखि २५ भित्रमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

घरेलु फुटबलमा ए डिभिजन क्लब नेपाल पुलिसको प्रशिक्षक रहेका अनन्तलाई एन्फाले भारतसँगको खेलका लागि मात्रै प्रशिक्षक नियुक्त गरेको हो ।

राष्ट्रिय टिमका पूर्व खेलाडी समेत रहेका थापाले यसलाई अवसर र चुनौतीका रुपमा लिएका छन् । ‘यो मेरो लागि अवसर र चुनौती पनि हो । भारत दक्षिण एसियाको राम्रो टोली हो । नेपालमा साफ च्याम्पियनसिप हुँदा म प्राविधिक कमिटीमा रहेर काम गरेको थिएँ ।

अब राम्रो तयारी गरेर खेल्ने योजना छ’, थापाले अनलाइनखबरसँग भने । उनले टिमको बन्द प्रशिक्षक केही दिनमै सुरु हुने र खेलाडीको सूची छिटै सार्वजनिक हुने जानकारी दिए ।

प्रकाशित समय : १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु