global ime bank Long Banner Ad

गृहपृष्ठ एपीएफलाई टाइगर कपकाे उपाधि

एपीएफलाई टाइगर कपकाे उपाधि

एपीएफलाई टाइगर कपकाे उपाधि

गण्डकी प्रदेश तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो । अपराजित रुपमा फाइनल पुगेको एपीएफले पहिलो सेट २५–१६ ले जितेको थियो । गण्डकी प्रदेशले दोस्रो सेट २५-१८ तथा तेस्रा सेट २५-१९ ले जितेको थियो ।

चौथो सेट एपीएफले २८-२६ ले जितेपश्चात खेलको निर्णय पाँचौ सेटबाट भएको थियो । निर्णायक पाँचौ सेट १५-८ ले जितेर गण्डकी च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल एपीएफले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ ।

महिलातर्फको उपाधि एपीएफले क्लबले जितेको छ । त्रिभुवन आर्मी ३-१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । च्याम्पियन एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ ।

माघ ८ गतेबाट पोखरामा सुरु यस प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको थियो । महिलातर्फ च्याम्पियन नेपाल एपीएफ क्लबसहित त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब र गण्डकी प्रदेशको सहभागिता थियो ।

पुरुषतर्फ भने च्याम्पियन गण्डकी प्रदेशसहित विभागिय टोली त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, विभागीय टोली नेपाल पुलिस क्लब र विभागीय टोली नेपाल एपीएफ क्लबको सहभागी थिए ।

प्रकाशित समय : ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु