global ime bank Long Banner Ad

गृहपृष्ठ धनकुटा महोत्सवमा भागदौड हुँदा २० जना घाइते

धनकुटा महोत्सवमा भागदौड हुँदा २० जना घाइते

धनकुटा महोत्सवमा भागदौड हुँदा २० जना घाइते

धनकुटा महोत्सवमा भागदौड हुँदा कम्तीमा २० जना घाइते भएका छन् । शनिबार साँझ महोत्सवमा प्रमोद खरेलको प्रस्तुति हुनैलाग्दा भागदौड मच्चिएको हो ।

करिब ३ हजार क्षमता रहेको धनकुटा बजारको टुँडिखेलमा दोब्बर दर्शकको भिड रहेको थियो । महोत्सवमा सांगीतिक प्रस्तुति हुने क्रममा ठेलमठेल भएको र घाइते हुनेहरूमा केही बालबालबालिका पनि रहेको स्थानीयले बताए । घाइतेहरूलाई धनकुटा अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारका लागि पठाइएको स्थानीय प्रशासनले जनाएकाे छ ।

धेरै भिड भएको बेला बन्द गेटको ढोका खोल्दा ठेलमठेल भएको जनाइएको छ । घटनापछि तत्काल महोत्सव सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।

माघ ६ गते सुरु भएको महोत्सवमा शनिबार गायक खरेलको प्रस्तुति थियो ।

प्रकाशित समय : ०७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु