गृहपृष्ठ कस्ताे रहला आजको मौसम ?
कस्ताे रहला आजको मौसम ?
आज बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
प्रकाशित समय : ०७:२५ बजे

















