global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरेको छ । बैठकले २१ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा अनिता देवी, डा. अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जिवन परियार, दिलेद्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश वतौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम, ज्ञानवहादुर शाहीलगायत रहेका छन् ।

बैठकमा सांसद देवेन्द्रराज पौडेलले समिति गठन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । बैठकले सर्वसम्मत समिति गठन गरेको हो । समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावक सांसद पौडेलले जानकारी दिए ।

नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।

प्रकाशित समय : १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु