गृहपृष्ठ ‘नयाँ हुन्डाई भेन्यु’ नेपालमा सार्वजनिक
‘नयाँ हुन्डाई भेन्यु’ नेपालमा सार्वजनिक

नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा नयाँ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ ।
आफ्नो पहिलेको हुन्डाई भेन्युको मोडलमार्फत नेपालभरका ग्राहकको ध्यान तान्न सफल रहेको हुन्डाई भेन्युको नयाँ र परिष्कृत मोडलले कम्याट एसयूभीको प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिइएको छ । नयाँ भेन्युले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधा, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ ।
समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषतासहित तयार गरिएको हुन्डाई भेन्युले सबैको मन जित्नेमा कम्पनी विश्वस्त छ । यो सेगमेन्टमै पहिलोपटक गाडीको पछिल्लो भागमा विस्तारित एलईडी टेल ल्याम्पले नयाँ भेन्युलाई विशिष्ट स्वरूप दिएको छ ।
ईएस र एसएक्स गरेर तीन भेरियन्टमा उपलब्ध नयाँ हुन्डाई भेन्युको प्रारम्भिक मूल्य ४० लाख रुपैयाँ कायम गरिएको छ । हुन्डाई भेन्युमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाइन्छ ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।
प्रकाशित समय : १४:१२ बजे