global ime bank Long Banner Ad

गृहपृष्ठ टीभीएसको ‘एओजी नाइट राइड’मा समाजसेवा पनि

टीभीएसको ‘एओजी नाइट राइड’मा समाजसेवा पनि

टीभीएसको ‘एओजी नाइट राइड’मा समाजसेवा पनि

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइडको धुमधाम आयोजना गरेको छ ।

३० जना राइडरको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिए । उनीहरु मनोरञ्जनमा मात्र सीमित रहेनन् चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरुले कम्पनीको तर्फबाट समाज सेवा पनि गरे ।

चित्लाङको कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामग्री वितरण गर्नुका साथै अरु विभिन्न कार्यक्रम पनि आयोजना गरे । युटुबर ‘जानकारी केन्द्र’ तथा मोटो भ्लगरहरु ‘बाइकअल्साइक’ र ‘टुइनस-राइडर’हरु कार्यत्रममा उपस्थिति थिए ।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्र लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । यद्यपि रात्रिकालिन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ । अपाचेका चालकहरुले अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना छ ।

राइडका एक सहभागी भन्छन्, ‘चित्लाङमा यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुन्छ। जगदम्बा मोटर्स्ले हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौं ।’ उनले थपे,  ‘हामीले फेसबुक र भाइबरका एओजी राइडर्स नेपाल समूहमा पनि सामेल भयौं जसले हामीलाई आगामी दिनहरुमा टीभीएसले आयोजना गर्ने राइड तथा कार्यक्रमहरूको बारेमा अपडेटेड राख्नेछ । यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भाग लिन उत्सुक बनाएको छ ।’

कार्यक्रमका अर्का एक सहभागी कल्याण श्रेष्ठले एओजीकै बारेमा सुनेर आफूले अपाचे किनेको बताए । उनले जगदम्बा मोटर्सलाई धन्यवाद दिँदै भने, ‘मैले अपाचे आरटीआर २०० फोभी एफआई किनेपछि एओजी ग्रुपमा सामेल हुन पाउँदा निकै खुशी छु र जगदम्बा मोटर्स प्रालिप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

कम्पनीका अनुसार एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकलप्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलमा संलग्न गराउँछ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल रहेको कम्पनीकाे दाबी छ ।

प्रकाशित समय : १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु