गृहपृष्ठ जुम्लामा हिमपात, किसान खुसी
जुम्लामा हिमपात, किसान खुसी

जुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो ।
जुम्ला सदरमुकामसहित जिल्लाभर हिमपात भइरहेको छ । बिहानै करिब आधा फिट हिउँ जमेको छ ।
हिउँपरेपछि विशेषगरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।
हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ ।
चन्दननाथ नगरपालिका–८ का किसान धनराशी भण्डारीले हिउँले हिउँदे बालीमा सहज हुने भएको बताइन् ।
हिमपात भएसँगै जुम्लामा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार यहाँको तापक्रम माइनस १.४ रहेको छ ।
प्रकाशित समय : ११:०० बजे