global ime bank Long Banner Ad

गृहपृष्ठ बारामा एकैदिन पक्राउ परे ३३२ जना फरार प्रतिवादी

बारामा एकैदिन पक्राउ परे ३३२ जना फरार प्रतिवादी

बारामा एकैदिन पक्राउ परे ३३२ जना फरार प्रतिवादी

जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न आरोपमा दोषी ठहर भई फरार रहेका ३३२ जना फरार प्रतिवादीलाई एकैदिन पक्राउ गरी अदालतमा पेस गरेको छ ।

जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार सूचीमा रहेका उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत सोमबार मात्रै विभिन्न मुद्दाका ३३२ जना फरार पक्राउ गरिएको प्रहरीले जानएको हो ।

प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालत बारामा आवश्यक कारबाहीको लागि बुझाएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

अदालतबाट कैद तथा जरिवानाको फैसला सजाय भई कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका ठुलो संख्यामा फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने विजय दासलाई अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय र ७ लाख रुपैँया जरिवानासमेत तोकिएको छ । उनीलाई बैकिङ कसूर मुद्दामा जिल्ला अदालत बाराले आदेश गरेको हो ।

पचरौता नगरपालिका वडा नं.२ बस्ने एजाजुल हक अन्सारीलाई हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय भएको छ । यो सजाय पाउनेमा जिल्लाको निजगढ नगरपालिका वडा नं. १ बस्ने बासु चौधरी लगयात भएको डिएसपी थापाले जानकारी दिए ।

पक्राउ परेकामध्ये ३६ जनालाई थुनुमा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकीलाई जरिवाना भुक्तान गराई मुक्त गरिएको उनले बताए । प्रतिवादी पक्राउ परी कारबाहीको दायरामा आएसँगै फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउने, अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवानाबाट मुक्त हुने छैन भन्ने सन्देश दिएको छ ।

प्रकाशित समय : १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु