global ime bank Long Banner Ad

गृहपृष्ठ जनता आवासअन्तर्गत कटहरीमा १५ घर शिलान्यास

जनता आवासअन्तर्गत कटहरीमा १५ घर शिलान्यास

जनता आवासअन्तर्गत कटहरीमा १५ घर शिलान्यास

मोरङको कटहरीमा जनता आवास कार्यक्रमअन्तर्गत १५ घर निर्माण गरिने भएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको १५ लाख रूपैयाँ र जीवन विकास संस्थासँग सहकार्य गरेर घर निर्माण गर्न लागिएको हो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कटहरी–२ कदमगाछीमा निर्माण गरिने घरको बुुधबार शिलान्यास गरे । मन्त्री घिमिरेले चालू आर्थिक वर्षमा सुरु भएको यस कार्य आगामी आर्थिक वर्षभित्र सकिने बताए ।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत र उपाध्यक्ष मञ्जिता सरदारले घरवारविहीनलाई आवासबाट बसोबासमा सहज हुने भन्दै सन्तोष व्यक्त गरे ।

प्रकाशित समय : १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु