global ime bank Long Banner Ad

गृहपृष्ठ एफवान सफ्टको बैंकर्स मिटअप : डिजिटल क्रेडिट बैंकिङ प्रविधिबारे छलफल

एफवान सफ्टको बैंकर्स मिटअप : डिजिटल क्रेडिट बैंकिङ प्रविधिबारे छलफल

एफवान सफ्टको बैंकर्स मिटअप : डिजिटल क्रेडिट बैंकिङ प्रविधिबारे छलफल

नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो । उक्त कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ्ट ग्रुपका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा एफ्वान सफ्ट इन्टरनेशनलको तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि, मोबाइल बैंकिङमा प्रयोगकर्ताको विकास र विश्वास, आम मानिसले मोबाइल बैंकिङलाई कुन रूपमा प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल भएको थियो । साथै कार्यक्रम पछिल्ला दुई वर्षमा डिजिटल माइक्रो कर्जा र कर्जा प्रवाह (फोनलोन) बाट देखिएका प्रभावका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा आगामी दिनमा बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङको क्षेत्रमा थप कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । उक्त कार्यक्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ‘हामीले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रममध्ये बैंकर्श मिट अप एक हो । यो कार्यक्रममा एफवान सफ्टले लिइरहेको दिशालाई कसरी सञ्चार गर्ने भन्ने कुरामा छलफल गर्न पाउँदा खुशी लागेको छ । हामीले बैंकिङ उद्योगबाट प्राप्त गरेको विश्वास र समर्थन हाम्रो लागि महत्वपूर्ण छ । यो कार्यक्रमले हामीलाई थप हौसला मिलेको छ र हामी हाम्रा साझेदारबाट थप सुझावको अपेक्षा गरिरहेका छौं ।’

एफवान सफ्ट इन्टरनेशनल डिजिटल बैंकिङ र वित्तीय क्षेत्रमा प्रविधिमार्फत सेवा प्रदान गर्ने अग्रणी फिनटेक कम्पनी हो । सन् २००४ मा स्थापना भएको यस कम्पनीले प्रविधिमार्फत बैंकिङ क्षेत्रमा रहेका समस्यालाई समाधान गर्दै बैंकिङ भुक्तानी प्रणाली तथा यस क्षेत्रलाई प्रविधिमा आवश्यक पर्ने थप अनुसन्धान तथा प्रयोग गर्दै आइरहेको छ ।

कम्पनीले नेपालको डिजिटल अर्थतन्त्रको इकोस्टिम निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । कम्पनीले डिजिटल अर्थतन्त्रका लागि नयाँ नयाँ किसिमका प्रविधिको विकास गर्दै आइरहेको छ । हाल एफवान ग्रुपअन्तर्गत इसेवा, फोनपे, इसेवा मनी ट्रान्स्फर, बससेवा, दियालो टेक्नोलोजिजलगायत दर्जनौं कम्पनी सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय : १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु